सोमबार, जेठ ७ गते २०८१

स्रोत नखुलेको ९८ लाखसहित काठमाडौंबाट दुई जना पक्राउ

स्रोत नखुलेको ९८ लाखसहित काठमाडौंबाट दुई जना पक्राउ

अखबार दैनिक
शुक्रबार, वैशाख २८ २०८१
  • स्रोत नखुलेको ९८ लाखसहित काठमाडौंबाट दुई जना पक्राउ

    काठमाडौं  । काठमाडौंबाट प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देही सियार गाउँपालिका-७ घर भएका २८ वर्षीय समिर सुना र सोही ठाउँका २९ वर्षीय मिलन विक रहेका छन् ।

    images

    उनीहरूलाई काठमाडौं महानगरपालिका-५ मालिगाउँ क्षेत्रबाट शुक्रबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

    उनीहरूको साथबाट प्रहरीले ९८ लाख रुपैयाँ स्रोत नखुलेको नगद बरामद गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

    बा१३ च ४८५८ नम्बरको इको स्पोर्ट गाडीमा सवार उनीहरूको साथबाट नगद बरामद भएको रेग्मीले बताए । दुबैलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको रेग्मीले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार