सोमबार, जेठ ७ गते २०८१

गुल्मी–काठमाडौंको हवाइ भाडा वृद्धि

गुल्मी–काठमाडौंको हवाइ भाडा वृद्धि

अखबार दैनिक
बिहीबार , वैशाख २७ २०८१
  • गुल्मी–काठमाडौंको हवाइ भाडा वृद्धि

    २७ वैशाख, गुल्मी । हवाइ इन्धनको मूल्य वृद्धि भएको कारण देखाएर गुल्मीको रेसुंगादेखि काठमाडौंसम्मको हवाइ भाडा पनि वृद्धि भएको छ । अब गुल्मीबाट काठमाडौं जाँदा ७ हजार ३०१ रुपैयाँ र काठमाडौंबाट गुल्मी आउँदा ७ हजार ५०१ रुपैयाँ भाडा लाग्ने रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।

    images

    यसअघि गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको थियो । हाल गुल्मीमा नेपाल एअरलाइन्सको टुइनअटर जहाजले हप्तामा तीन उडान सञ्चालन गर्दै आएको छ ।

    रेसुंगा विमानस्थलबाट यात्रुको चापलाई मध्यनजर गर्दै एक उडान थप गरिएको छ । अब सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी हप्तामा चार उडान हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार