सोमबार, जेठ ७ गते २०८१

२१८ किलो ५ सय ग्राम गाँजासहित २ जनालाई पक्राउ

२१८ किलो ५ सय ग्राम गाँजासहित २ जनालाई पक्राउ

अखबार दैनिक
बिहीबार , वैशाख २७ २०८१
  • २१८ किलो ५ सय ग्राम गाँजासहित २ जनालाई पक्राउ

    काठमाडौं– प्रहरीले मोरङ र पर्साबाट २१८ किलो ५ सय ग्राम गाँजासहित २ जनालाई पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिका-३ हातिबन्दाबाट २ सय १८ किलो गाँजासहित स्थानीय ३४ वर्षीय भगवान किस्कुलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

    images

    उक्त स्थानस्थित मकैबारीमा गाँजा लुकाइराखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मार्दा उक्त परिमाणको गाँजा बरामद भएको हो ।

    उता पर्साको कालिकामाई गाउँपालिका-३ हरिहरपुर बिर्ता बस्ने २३ वर्षीय अखलेश महतो केवटलाई प्रहरीले ५ सय ग्राम गाँजासहित बुधबार साँझ पक्राउ गरेको छ ।

    केवटले आफ्नै गोठमा गाँजा लुकाएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कालिकामाई र इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले गोठमा तलासी गरे बरामद गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ