मंगलबार, वैशाख २५ गते २०८१

वाइवाइ चाउचाउ गुणस्तरमा फेल: चौधरी ग्रुपलाई २ लाख जरिवाना

वाइवाइ चाउचाउ गुणस्तरमा फेल: चौधरी ग्रुपलाई २ लाख जरिवाना

अखबार दैनिक
शुक्रबार, वैशाख १४ २०८१
  • वाइवाइ चाउचाउ गुणस्तरमा फेल: चौधरी ग्रुपलाई २ लाख जरिवाना

    चौधरी ग्रुप (सीजी) ले उत्पादन गर्ने वाइवाइ चाउचाउ गुणस्तर परिक्षणमा फेल भएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।

    images

    गुणस्तर परिक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अधिक रहेको पाइएपछि महानगर अन्तर्गतकाे कृषि तथा पशुपन्छी विभागले उक्त जरिवाना गरेकाे हाे।

    बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरिएको महानगरले जनाएको छ।

    महानगरपालिकाको वडा नं-६ सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते महानगरकाे टाेलीले चाउचाउ जफत गरेको थियो। १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइएकोमा परीक्षणबाट आएको प्रतिवेदनले चाउचाउमा एसिड भ्यालु १३.९३४ देखाएकाे थियाे। जबकी यसको भ्यालु १ एमजी भन्दा बढी हुन नहुने खाद्य प्राविधिक अनिल बस्नेत बताउँछन्।

    उनका अनुसार यसो हुनु भनेको तेलको गुणस्तर नभएको भन्ने हो। यसको निरन्तर प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग देखाउन सक्ने उनले बताए।

    1714057840_download.png

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ