शुक्रबार, वैशाख २१ गते २०८१

‘खजुरे ब्रो’को ‘मनि मनि’ गित सार्वजनिक

‘खजुरे ब्रो’को ‘मनि मनि’ गित सार्वजनिक

अखबार दैनिक
आइतबार, वैशाख ९ २०८१
  • ‘खजुरे ब्रो’को ‘मनि मनि’ गित सार्वजनिक

    काठमाडौं । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘खजुरे ब्रो’को ‘मनि मनि’ सार्वजनिक भएको छ । र्याप प्यार्टनमा तयार गीतमा  र्‍यापर कुशल पोखरेलको स्वर तथा शब्द रहेको छ । गीतमा संगीत भने केपासले दिएका छन् । बलिउड शैलीमा  चलचित्रको प्रोमोसन गर्ने उदेश्यले गीत तयार पारिएको निर्देशक सुरज सुनुवारले बताए ।

    images

    ‘खजुरे ब्रो’ अहिले चलिरहेका ट्रेन्डभन्दा फरक स्वादको रहेको उनको धारणा रहेको छ । गीतमा अभिनेत्री नीति शाहलाई पैसा उडाइरहेको देख्न सकिन्छ ।

    चलचित्रका कलाकार नवीन मानन्धरले पनि भिडियोमा पैसा उडाइरहेका छन् । रेअर राई, विनिता थापा मगर, महेश त्रिपाठी लगायतका कलाकार समेत भिडियोमा देख्न सकिन्छ ।

    दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको चलचित्रमा  निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन् । सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता हुन् ।

    डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’ मा शिशिर विशंखेको छायाङ्कन रहेको छ भने सम्पादक मित्र डि गुरुङ हुन् ।

    अनमोल गुरुङको संगीत रहेको फिल्मलाई रोहित रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ । चलचित्रमा नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दिप चन्द्र राईलगायतका कलाकारहरुको अभिनय छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार