शनिबार, वैशाख २२ गते २०८१

चलचित्र ‘बोक्सीको घर’ले पायो यूनिभर्सल सर्टिफिकेट

चलचित्र ‘बोक्सीको घर’ले पायो यूनिभर्सल सर्टिफिकेट

अखबार दैनिक
आइतबार, वैशाख ९ २०८१
  • चलचित्र ‘बोक्सीको घर’ले पायो यूनिभर्सल सर्टिफिकेट

    बैशाख ९ काठमाडौं । वैशाख १४ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली चलचित्र ‘बोक्सीको घर’ सेन्सर बोर्डबाट यूनिभर्सल (यू) सर्टिफिकेट पाएको छ । 

    images


    यो चलचित्र अब सबै उमेरका दर्शकले हेर्न पाउने छन् । सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा केकी अधिकारी, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला, सुपला सापकोटा आदि कलाकारको अभिनय रहेको छ । 

    निर्देशक भारतीका अनुसार सामाजिक थ्रिलर जनरामा निर्माण भएको यो चलचित्रले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गरेको छ ।

    केकी अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी छ ।

    चलचित्रमा बद्री अधिकारी निर्माताको रुपमा रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् । आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित यो चलचित्रले यसअघि सार्वजनिक भएका पोस्टर, टीजर, गीत तथा ट्रेलरबाट दर्शकको ध्यान आकर्षित गर्न सफल भैसकेको छ ।

    लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको यो चलचित्रमा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले चलचित्रको वितरण अधिकार लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार