बिहीबार , वैशाख २० गते २०८१

चलचित्र ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक

अखबार दैनिक
शुक्रबार, वैशाख ७ २०८१
  • चलचित्र ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक

    काठमाडौँ । अनमोल केसी अभिनीत फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो ।

    images

    ट्रेलरमा फिल्म भित्रका केही महत्त्वपूर्ण दृश्यले स्थान पाएको छ । ट्रेलरमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङबिचको प्रेम र उतारचढाप पनि देख्न सकिन्छ । तीन मिनेट २६ सेकेन्डको ट्रेलर हेर्दा फिल्ममा अभिनेता अनमोल यसअघिका फिल्ममा भन्दा फरक तथा परिपक्व तवरबाट आएको अनुमान गर्न सकिन्छ ।

    अनमोल केही समयको अन्तरालपछि यो फिल्ममा देखिन लागेका हुन् । फिल्ममा अनमोल र जसिताको अलवा समृद्धि अर्याल, रवि काफ्लेलगायत कलाकारको अभिनय छ । 

    सुयोग गुरुङको निर्देशन रहेको फिल्म रोहित अधिकारी फिल्मसले ओएसआर डिजिटलसँग सहकार्य गरेर बनाएको हो । गणतन्त्र दिवसको अवसर पारेर अगामी जेठ १० गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारी हुन् । 

    निर्माता अधिकारीकै कथा रहेको फिल्मको निर्माता ओमप्रकाश अग्रवाल हुन् । फिल्मको सह–निर्मातामा मनोज वली र राम न्यौपाने रहेका छन् । नरेन्द्र मैनालीको छायांकन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ । 

    ‘गाजलु’ र ‘छ माया छपक्कै’ जस्ता सुपरहिट फिल्म निर्माण गरेका रोहितको ‘फर्की फर्की’ काठमाडौँमा काफिया फिल्मस् र मोफसलमा कुबेर फिल्मस्ले वितरण गर्नेछ । फिल्मको अन्तर्राष्ट्रिय वितरकको रुपमा एमएसएम इन्टरटेन्मेन्ट जोडिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार