बिहीबार , वैशाख २० गते २०८१

चलचित्र ‘मनसरा’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘मनसरा’ को ट्रेलर सार्वजनिक

अखबार दैनिक
बिहीबार , वैशाख ६ २०८१
  • चलचित्र ‘मनसरा’ को ट्रेलर सार्वजनिक

    काठमाडौं । उपेन्द्र सुब्बाको निर्देशन रहेको नेपाली चलचित्र ‘मनसरा’ को ट्रेलर रिलिज भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको चार मिनेट बढि लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

    images

    सार्वजनिक ट्रेलरमा चलचित्रका केही नयाँ पात्रहरु देखा परेका छन् भने त्यसको साथमा मूल कलाकारको मनोदशा र चलचित्रले भन्ने कथालाई दर्शकका लागि थप कौतुहलतापूर्ण बनाएको छ ।

     ट्रेलरमा दयाहाङ राईको मिरुनासँग सम्बन्धलाई थप प्रष्ट बनाइएको छ । नेपाली चलचित्रमा हुने गरेको दृश्य–कथाको खडेरीलाई चलचित्रमा सम्बोधन गर्ने देखाएको छ ।

    चलचित्रले सफल हुने संकेत गरेको छ यद्यपी दयाहाङ राईको अधिकांस चलचित्र सफल भइरहेका छन्। चलचित्रमा दया, मिरुनाको साथमा प्रविण तथा मेनुकासहित हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको यो चलचित्रका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।

     विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् । चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ ।

    त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको चलचित्रमा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेका छन् ।

    एप्पल इन्टरटेन्मेन्ट कम्पनीले चलचित्रको वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर बनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ