बिहीबार , वैशाख २० गते २०८१

नयाँ वर्षमा नेपाल आउँदै बलिउड गायक आतिफ

नयाँ वर्षमा नेपाल आउँदै बलिउड गायक आतिफ

अखबार दैनिक
शुक्रबार, चैत ३० २०८०
  • नयाँ वर्षमा नेपाल आउँदै बलिउड गायक आतिफ

    काठमाडौं । बलिउडका चर्चित गायक आतिफ असलम नेपाल आउने भएका छन् ।आगामी चैत ३० गते नेपाली नयाँवर्षको पूर्वसन्ध्यामा उनले काठमाडौंको हायात रिजेन्सीको मैदानमा प्रस्तुति दिन लागेका हुन् ।

    images

    ट्यारिस इन्टरटेनमेन्ट र एमजे प्रोडक्सनले उनलाई कन्सर्टका लागि नेपाल ल्याउन लागेका हुन् । चैत २९ गते नेपाल आइपुग्ने गायक असलमले कन्सर्टसँगै नेपालको पर्वतीय उडान र नेपालका सम्पदा भ्रमण गर्ने कार्यक्रम छ ।

    यो कन्सर्टको टिकट पार्टनरको रुपमा खल्ती डिजिटल वालेट रहेको छ । आतिफको यो दोस्रो नेपाल कन्सर्ट हुनेछ । यसअघि सन् २०१२ मा पनि काठमाडौंको दशरथ रंगशालामा सांगीतिक प्रस्तुति दिएका थिए ।
    चैत ३० र वैशाख १ गते हुने कार्यक्रममा नेपाली कलाकारले पनि कन्सर्ट प्रस्तुत गर्ने भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ