शुक्रबार, वैशाख २१ गते २०८१

‘ज्वाइँ साब’ मा जितुको जोडी बन्दै नीति शाह

‘ज्वाइँ साब’ मा जितुको जोडी बन्दै नीति शाह

अखबार दैनिक
मंगलबार, चैत २७ २०८०
  • ‘ज्वाइँ साब’ मा जितुको जोडी बन्दै नीति शाह

    प्री–प्रोडक्सनमा रहेको नयाँ फिल्म ‘ज्वाइँ साब’ मा अभिनेत्री नीति शाह फाइनल भएकी छिन् । निर्माण पक्षले नीतिसँग सोमवार कागजी सम्झौता गरेको हो । रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको यो फिल्मे कथा पढेपछि आफू काम गर्न निकै उत्साहित भएको नीतिको भनाई छ ।

    images

    राज कुमार पण्डितको निर्माणमा तयार हुन लागेको यो फिल्ममा नीतिले कलाकार जितु नेपालसँग सहकार्य गर्नेछिन् । जितु फिल्मको शिर्ष भूमिकामा अनुवन्धित भइसकेका छन् ।

    सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्ने यो फिल्ममा कथाको माग अनुसार नै नीति शाहलाई फाइनल गरिएको निर्देशक वसन्त निरौलाले जानकारी दिएका छन् ।

    फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । यो फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

    आगामी वैशाख १५ गतेदेखि फिल्मको छायांकन प्रारम्भ हुनेछ । फिल्मको प्रदर्शन मिति आउँदो वर्षको तिहारलाई फाइनल गरिएको छ । अभिनेत्री नीति शाहको डेब्यू फिल्म ‘खजुरे ब्रो’ प्रदर्शनको क्रममा छ भने ‘रुखान’ उनले साइन गरेको अर्को फिल्म हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार