मंगलबार, वैशाख १८ गते २०८१

‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक

‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक

अखबार दैनिक
मंगलबार, चैत २० २०८०
  • ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक

    काठमाडौं । फिडेल देवकोटाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक गरिएको छ ।मंगलवार काठमाडौंमा एक कार्यक्रमका बीच चलचित्र ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक गरिएको हो । अभिनेताद्वय सौगात मल्ल तथा विपिन कार्की मुख्य भूमिका रहेका छन् । 

    images

    चलचित्रमा सौगातले पिकअप भ्यानको ड्राइभरको भूमिका निर्वाह गरेका छन् भने विपिनले पूर्व सैनिकको भूमिका निर्वाह गरेको बुझ्न सकिन्छ ।

    फिडेल देवकोटाको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा प्रविन खतिवडाको पनि मुख्य भूमिका छ । चलचित्रमा सुशन प्रजापतिको छायांकन र समन अलभितिगाको सम्पादन छ ।

    रामकृष्ण पोखरेल, शोभा थापा र फिडेल देवकोटा निर्माता रहेको चलचित्रको सह–निर्माता श्रीलंकाका विमुक्ति जयसुन्दरा हुन् । निर्माता पोखरेलले यसअघि ‘ऐना झ्यालको पुतली’ र ‘हल्कारा’ निर्माण गरेका थिए ।

    जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल र भारतको मुम्बई फिल्म फेस्टिभलमा छनोट भएको यो चलचित्रले विश्वविख्यात भेनिस फिल्म फेस्टिभल तथा जाफ्ना इन्टरनेशनल फिल्म फेस्टिभलमा अवार्ड जितिसकेको छ । नयाँ वर्षको अवसर पारेर चलचित्र चैत ३० गतेदेखि प्रदर्शनमा  आउदैछ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ