शनिबार, जेठ ५ गते २०८१

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढ्यो

अखबार दैनिक
सोमबार, चैत १९ २०८०
  • नेपाल आयल निगमले पेट्रोलको मूल्य बढ्यो

    काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।

    images

    इण्डियन आयल कर्पोरेशनबाट आइतबार ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि मृल्य बढाएको निगमले जनाएको छ । 

    निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट डिजेल र मट्टितेलमा रु. ०.३९, हवाई इन्धनमा रु. ०.३८ र एल.पी. ग्यासमा प्रतिसिलिण्डर रु.२७.४४ ले घटेर आएकाे छ ।   

    मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १७२.५० रुपैयाँ पुगेको छ । यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७४ रुपैयाँ पुगेको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

    p_ROQL2RDqxU.webp

    प्रतिक्रिया दिनुहोस

    थप समाचार