शुक्रबार, जेठ ४ गते २०८१

घाँस काट्न नमान्दा श्रीमानले गरे श्रीमतीको हत्या

घाँस काट्न नमान्दा श्रीमानले गरे श्रीमतीको हत्या

अखबार दैनिक
बिहीबार , चैत १५ २०८०
  • घाँस काट्न नमान्दा श्रीमानले गरे श्रीमतीको हत्या

    काठमाडौं । समान्य विवाद हुँदा रौतहटमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घाँस काट्ने विषयमा विवाद हुँदा ४० वर्षीय तीर्थ वाइबाले ३५ वर्षीया श्रीमती सोतीमाया वाइबाको हत्या गरेका हुन् । वृन्दावन नगरपालिका १ का वाइवाले हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

    images

    घाँस काट्ने क्रममा श्रीमान–श्रीमतीबीच विवाद भएको थियो । एक आपसमा गालीगलोज सुरु हुन थालेपछि तीर्थले श्रीमतीको घाँटीमा हँसिया प्रहार गरेका थिए । हँसिया प्रहारबाट सोतीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    श्रीमतीको हत्यापछि तीर्थले पनि आत्महत्याको प्रयास गरेका थिए । तीर्थले आफ्नै घाँटीमा हँसियाले रेटेको अबस्थामा नियन्त्रणमा लिएको छ । तीर्थले घटनाका बेला मादक पदार्थ सेवन गरेको प्रहरीको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ