शनिबार, वैशाख १५ गते २०८१

‘ग्रामीण चलचित्र महोत्सव’ वैशाख ६ देखि रामेछापमा

‘ग्रामीण चलचित्र महोत्सव’ वैशाख ६ देखि रामेछापमा

अखबार दैनिक
बुधबार, चैत १४ २०८०
  • ‘ग्रामीण चलचित्र महोत्सव’ वैशाख ६ देखि रामेछापमा

    काठमाडौं । तेस्रो ‘नेपाल ग्रामीण क्षेत्र चलचित्र महोत्सव’ वैशाख ६ देखि ८ गतेसम्म रामेछापको रामेछाप नगरपालिकामा हुने भएको छ । मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था सेलिब्रेटी नेपालले उक्त जानकारी दिएको हो ।

    images

    प्रत्येक वर्ष विभिन्न जिल्लामा आयोजना हुने महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली कथानक, छोटा, वृत्तचित्र र सांस्कृतिक फिल्म प्रदर्शन हुनेछन् ।

    नेपाली फिल्म पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रम आयोजना गरिने महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले जनाए । कार्यक्रम संयोजक निर्देशक कमल एक्चै मगरले गृहजिल्लामा यस्तो कार्यक्रम गर्न पाउँदा आफू खुसी लागेको बताए ।

    महोत्सवमा दुई दर्जन फिल्म देखाइने र ग्रामीण दर्शकले फिल्ममाथि छलफल समेत गर्ने भएका छन् । फिल्म हल नभएको रामेछाप जिल्लामा यो फेस्टिभलमा फिल्मप्रति दर्शकको रुचि पूरा गर्ने आशा आयोजकले लिएको छ । महोत्सवमा तीन हजार दर्शक सहभागी हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार