शनिबार, वैशाख १५ गते २०८१

नेपाली चलचित्र ‘बलिदान’बाट डेब्यु गदैं बिराज भट्टका छोरा समीर

नेपाली चलचित्र ‘बलिदान’बाट डेब्यु गदैं बिराज भट्टका छोरा समीर

अखबार दैनिक
शुक्रबार, चैत ९ २०८०
  • नेपाली चलचित्र ‘बलिदान’बाट डेब्यु गदैं बिराज भट्टका छोरा समीर

    चैत्र ९ काठमाडौं । नेपाली चलचित्रमा एक्सन हिरोको रूपमा प्रख्यात बिराज भट्टका छोरा समीर भट्टले नेपाली चलचित्र ‘बलिदान’बाट अभिनेताको रूपमा डेब्यु गदैछन् । 

    images

    यस मेगा प्रोजेक्टको निर्माण कम्पनी आसुसेन फिल्मस्ले भट्टको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै चलचित्रमा उनको प्रमुख भूमिका रहने जनाएको छ । समीरले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए । चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले लामो समय लगाएर समीरलाई छनोट गरेको बताएका छन् ।

    निर्देशक सेनले भने, ‘‘बलिदान’को कहानीमा एक पात्रका रूपमा युग पुरुषलाई छान्न भगीरथ प्रयास गरेका थियौँ । हाम्रो भूमिको यस्तो युग पुरुष जसले, परिवर्तनका नाममा जनतालाई बलि चढाउन लगाएर राज्यको अस्मिता लुटिरहेका कुटिलहरूको संहार गरोस्,’ । ‘अभिनेताका रूपमा युग पुरुष खोज्नु हामीलाई आइसल्यान्डमा सर्प खोज्नु जस्तो भएको थियो । बलिदानको युग पुरुषका लागि एक्सन, इमोसन, लुक्स र डाइलग चारै कलामा निपुर्ण कलाकार चाहिने थियो ।’निकै दिनपछि हामीले भेट्टायौँ, हामीले खोजेका चारै गुण भएका युवा समीर भट्ट,"।

    सन्तोषको मेघा प्रोजेक्टको रूपमा रहेको ‘बलिदान’ को टिजर छायाङ्कन अगावै रिलिज भई व्यापक चर्चामा रहेको छ। सम्भवतः नेपाली चलचित्रको इतिहासमा नै पहिलो पटक प्री–प्रडक्शनमा रहँदा नै टिजर रिलिज भएको हो ।

    देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताएका छन् ।

     यो चलचित्रलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार