शनिबार, वैशाख १५ गते २०८१

उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’को ट्रेलर : अन्तरजातीय सम्बन्धको कथा

उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’को ट्रेलर : अन्तरजातीय सम्बन्धको कथा

अखबार दैनिक
बिहीबार , चैत ८ २०८०
  • उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’को ट्रेलर : अन्तरजातीय सम्बन्धको कथा

    काठमाडौं । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको दोस्रो कथानक फिल्म ‘मनसरा’को टिजर सार्वजनिक भएको छ । यो सोसल-ड्रामा फिल्मको टिजरले कथावस्तुबारे महत्वपूर्ण प्रकाश पार्छ ।

    images

    अन्तरजातीय सम्बन्धको कथावस्तुमा निर्माण भएको फिल्ममा मिरुना मगर, प्रवीण खतिवडा, दयाहाङ राई र मेनुका प्रधानको अभिनय छ । घरमा पत्नी हुँदाहुँदै लिम्बू युवतीसँग आकर्षित भएको ब्राह्मण युवकको कथामा फिल्म घुमेको छ ।

    यो फिल्ममा प्रवीण र मिरुनाको अन्तरजातीय प्रेमलाई दर्शाइएको छ । प्रवीण दूध बिक्री गर्ने किसानको भूमिकामा देखिएका छन् । मेनुका उनकी पत्नीको भूमिकामा छिन् । उनको लवज सुन्दा उनले नेवारी चरित्र निर्वाह गरेको देखिन्छ ।

    दूध बाँड्ने क्रममा प्रवीण र मिरुना निकट हुन्छन् र कथा त्यहीअनुसार अघि बढ्छ । टिजरमा सस्पेन्सको रुपमा दयाहाङको ‘इन्ट्री’ पनि समावेश छ । सामाजिक कथावस्तुमा निर्माण भएको यो फिल्मका चरित्रहरु विभिन्त जातीय समुदायसँग सम्बन्धित छन् ।

    निर्देशक सुब्बाले यसअघि मिरुना र दयाहाङलाई लिएर ‘जारी’ निर्देशन गरेका थिए, जुन व्यावसायिक रुपमा ब्लकबस्टर सावित बन्यो । यसपटक पनि उनले जातीय सम्बन्धलाई कथाको मियो बनाएका छन् ।

    फिल्ममा शान्ति गिरी, हेमन्त बुढाथोकी, विप्लव प्रतीक, नीनाहाङ राई, जीवन बराल, सुवासचन्द्र पोखरेल लगायतको अभिनय छ । यो फिल्मबाट छायाकार समेत रहेका शैलेन्द्रध्वज कार्कीले निर्माण थालेका छन् ।

    यो फिल्म वैशाख २१ गते प्रदर्शन तयारीमा छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार