शनिबार, वैशाख २२ गते २०८१

यस्तो छ फिल्म ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा,यता न उता’

यस्तो छ फिल्म ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा,यता न उता’

अखबार दैनिक
बिहीबार , चैत ८ २०८०
  • यस्तो छ फिल्म ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा,यता न उता’

    काठमाडौंँ । अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’ को गीत ‘जिन्दगीको कथा, यता न उता’ सार्वजनिक भएको छ । गीतमा स्वीअरिती र निहारिकाको स्वर, मोनिस निरौलाको संगीत र सुलक्षण भारतीको शब्द छ ।

    images

    गीतमा अभिनेत्री केकी र फिल्मका निर्देशक तथा अभिनेता सुलक्षण भारती फिचर्ड छन् । भिडियोमा उनीहरुको विवाह र त्यसपछिको अवस्था चित्रण गरिएको छ । फिल्म आगामी वैशाख १४ गतेबाट रिलिज हुँदैछ । फिल्म आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ माथि बनेको हो । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म निर्माण भएको छ ।

    फिल्ममा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोला लगायतको अभिनय छ । केकी अधिकारीकाे प्रस्तुतिमा निर्माण भएको फिल्ममा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ । फिल्ममा निर्माता केकीका बाबु बद्री अधिकारी र कार्यकारी निर्माता राज घिमिरे हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार