शनिबार, वैशाख २९ गते २०८१

लगानी सम्मेलनमा सहभागिताका लागि जर्मनीलाई आग्रह

लगानी सम्मेलनमा सहभागिताका लागि जर्मनीलाई आग्रह

अखबार दैनिक
बिहीबार , चैत ८ २०८०
  • लगानी सम्मेलनमा सहभागिताका लागि जर्मनीलाई आग्रह

    काठमाडौँ । नेपालले तेस्रो नेपाल लगानी शिखर सम्मेलनमा सहभागिता जनाउन र नेपालमा थप लगानीका सम्भावनाहरू खोज्न जर्मनलाई आग्रह गरेको छ ।

    images

    नेपाल–जर्मनी द्विपक्षीय परामर्श संयन्त्रको हिजो सम्पन्न तेस्रो बैठकमा सो आग्रह गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयको युरोप अमेरिका डिभिजनका डिभिजन प्रमुख एवं सहसचिव गणेशप्रसाद ढकाल र जर्मनीको सङ्घीय वैदेशिक कार्यालयका इन्डो–प्यासिफिक नीति, दक्षिण एसिया, अफगानिस्तानका निर्देशक एरिक कुर्जवेलले नेतृत्व गरेका थिए ।

    बैठकमा सहसचिव ढकालले नेपालले अपनाएको व्यवसायमैत्री नीतिबारे जानकारी गराउँदै आगामी तेस्रो नेपाल लगानी शिखर सम्मेलनमा सहभागिता जनाउनुको साथै थप लगानीका सम्भावनाहरू खोज्न आग्रह गरेका थिए ।

    सहसचिव ढकालले नेपालको विकास प्रयासमा जर्मनीको निरन्तर सहयोग रहेको प्रशंसा गर्दै अगामी दिनमा पनि यसको निरन्तरताको अपेक्षा गरेको धारणा राखेका थिए ।

    निर्देशक कुर्जविलले जर्मन विकास सहायता अन्तरर्गत नेपालमा भइरहेको विकास सहयोगका बारेमा जानकारी गराएका थिए ।

    दुवै पक्षले विभिन्न बहुपक्षीय फोरमहरूमा जलवायु परिवर्तनलगायत साझा चासोका विषयमा मिलेर काम गर्न सहमत भएका छन् । सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गर्ने, जनता–जनताबीचको सम्पर्क अभिवृद्धि गर्ने लगायतका विषयमा दुवै पक्ष बिच छलफल भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ