बिहीबार , वैशाख २७ गते २०८१

‘केटी हराएको सूचना’मा अभिनेता नाजिर र सृष्टि मुख्य भूमिकामा

‘केटी हराएको सूचना’मा अभिनेता नाजिर र सृष्टि मुख्य भूमिकामा

अखबार दैनिक
सोमबार, फागुन २१ २०८०
  • ‘केटी हराएको सूचना’मा अभिनेता नाजिर र सृष्टि मुख्य भूमिकामा

    काठमाडौं । ट्राइसिटि पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको चलचित्र  ‘केटी हराएको सूचना’मा अभिनेता नाजिर हुसेन अनुबन्धित भएका छन् । नाजिरसँगै अभिनेत्री सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहने छिन् । 

    images

    सृष्टि र नाजिरको पहिलो पटक अनस्क्रिन जोडी देखिने भएको हो । आज स्क्रिप्ट पूजा गर्दै चलचित्र ‘केटी हराएको सूचना’ घोषणा गरिएको हो ।

    चलचित्रलाई  निर्देशन तथा लेखन दीपेन्द्र गौचनले गर्नेछन् । गौचनले यसअघि टेलिसिरियल ‘उजेली’ निर्देशन गरेका थिए । बिहीबारदेखि काठमाडौं र जनकपुरमा छायांकन गरिने निर्माण पक्षले जनकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ