बिहीबार , वैशाख २७ गते २०८१

नामलाई लिएर सेन्सरले रोक्यो ‘रङ्गेली’

नामलाई लिएर सेन्सरले रोक्यो ‘रङ्गेली’

अखबार दैनिक
शुक्रबार, फागुन १८ २०८०
  • नामलाई लिएर सेन्सरले रोक्यो ‘रङ्गेली’

    नेपाली फिल्ममाथि सेन्सर बोर्डको हस्तक्षेप बढ्दो छ । कहिले दृश्य र संवाद त कहिले नाममा आपत्ति जनाउँदै बोर्डले फिल्मलाई प्रमाणपत्र दिन अस्वीकार गर्दै आएको छ । यसपटक फिल्म ‘रङ्गेली’लाई सेन्सरले रोकेको छ । शीर्षकमा आपत्ति नजाउँदै बोर्डले फिल्मलाई प्रमाणपत्र दिएको छैन । सेन्सर बोर्डबाट प्रमाणपत्र नपाएसम्म फिल्मलाई सार्वजनिक प्रदर्शन गर्न नपाइने व्यवस्था छ ।

    images

    बिहीबार सेन्सरका पदाधिकारीहरुले फिल्म हेरेका थिए । त्यसपछि नाममा आपत्ति जनाउँदै बोर्डले प्रमाणपत्र दिन अस्वीकार गरेको हो । पूर्वको रङ्गेली सहरको नाममा फिल्म बनेको र त्यहीँ छायांकन भएकाले स्थानीय नगरपालिकाको सहमति पत्र ल्याएपछि मात्र फिल्मले प्रमाणपत्र पाउने सेन्सर बोर्डले जनाएको छ । बोर्डले केही दृश्य र संवाद मिलाउन पनि आग्रह गरेको  छ ।

    ‘रङ्गेली’ यही फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । ग्याङस्टर जनरामा निर्माण भएको फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् भने दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा लगायतको अभिनय रहेको छ । रङ्गेली सहरमा राज गर्न चाहने समूहबीचको द्वन्द्वमा आधारित भएर फिल्म बनेको हो । सेन्सरले शीर्षकमै आपत्ति जनाएपछि फिल्मको रिलिज अन्योल बनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ