शनिबार, जेठ ५ गते २०८१

वाफको फाइनलमा नेपाल र जोर्डन भिड्दै

वाफको फाइनलमा नेपाल र जोर्डन भिड्दै

अखबार दैनिक
बिहीबार , फागुन १७ २०८०
  • वाफको फाइनलमा नेपाल र जोर्डन भिड्दै

    काठमाडौँ । साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनशिपको फाइनल खेल आज राति हुँदैछ । फाइनलमा नेपाल र जोर्डन भिड्दै छन् । 

    images

    जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राती ९ः४५ बजेदेखि शुरु हुँदैछ । नेपाल मंगलबार राति सम्पन्न सेमिफाइनल खेलमा लेबनानलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डन सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

    नेपालले समूह चरणको पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरले, दोस्रो खेलमा इराकलाई ५–० गोल अन्तरले र तेस्रो खेलमा प्यालेस्टाइनलाई ४–० गोल अन्तरले हराएको थियो । 

    तुलनात्मक रुपमा नेपाल भन्दा जोर्डन बलियो टिम रहेको छ । जोर्डन फिफाको महिला फुटबलको वरीयतामा ७४औँ स्थानमा रहेको छ । जोर्डन वाफ च्याम्पियनशिपको डिफेन्डिङ च्याम्पियनसमेत हो । जोर्डनले अहिलेसम्म सबैभन्दा बढी पाँच पटक वाफको उपाधि जितेको छ । 

    त्यसैगरी नेपाल भने फिफा महिला फुटबलको वरीयतामा १०५औँ स्थानमा रहेको छ । यस प्रतियोगितामा नेपालले भने आमन्त्रित टिमको रुपमा पहिलो पटक सहभागिता जनाइरहेको हो । पहिलो पटक खेलमा सहभागिता जनाउँदा पनि नेपालले उत्कृष्ट प्रस्तुति दिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार