पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्काले पनि फिल्ममा डेब्यू गर्ने भएकी छन् । सुपरस्टार विराज भट्टको निर्देशन रहने नयाँ फिल्म ‘१२ गाउँ’बाट उनले डेब्यू गर्न लागेकी हुन् । मंगलबार विराज र न्यान्सीबीच कागजी सम्झौता भएको छ । न्यान्सीले फिल्ममा काम गर्ने इच्छा पूरा हुन लागेकोमा खुसी व्यक्त गरेकी छन् ।