बिहीबार , वैशाख २७ गते २०८१

आफ्नो जन्मदिनको अवसर पारेर प्रियंकाले सार्वजनिक गरिन् फिल्म ‘टाँक’को पोस्टर

आफ्नो जन्मदिनको अवसर पारेर प्रियंकाले सार्वजनिक गरिन् फिल्म ‘टाँक’को पोस्टर

अखबार दैनिक
बुधबार, फागुन १६ २०८०
  • आफ्नो जन्मदिनको अवसर पारेर प्रियंकाले सार्वजनिक गरिन् फिल्म ‘टाँक’को पोस्टर

    अभिनेत्री प्रियंका कार्की आगामी वर्ष दुईवटा फिचर फिल्म निर्माणको तयारीमा छिन् । त्यसअघि उनले सर्ट फिल्म ‘टाँक’ निर्माण गरेकी छन् । मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर उनले सामाजिक सञ्जालमार्फत् दुईवटा फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी गराएकी हुन् । दुवै पोस्टरमा प्रियंकालाई दुर्गम गाउँको दुःखी विवाहित महिलाको रुपमा चित्रण गरिएको छ ।

    images

    पोस्टर हेर्दा प्रियंकाले अब फरक चरित्रमा आफूलाई ढाल्न खोजेको देखिन्छ । नभए उनी रोमान्टिक भूमिकामै रमाइरहेकी थिइन् । धादिङमा छायांकन भएको ‘टाँक’लाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । यसअघि उनले प्रियंकालाई नै लिएर फिल्म ‘अनागत’ बनाएका थिए । अन्तर्राष्ट्रिय महोत्सवमा पठाउने तयारी गरिएको ‘टाँक’ प्रियंकाको कम्पनी आयंका फिल्म्सबाट निर्माण भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ