बिहीबार , वैशाख २७ गते २०८१

‘एकअर्काको सम्पत्तिमा दुवैको नजर छैन’ :  निशा

‘एकअर्काको सम्पत्तिमा दुवैको नजर छैन’ :  निशा

अखबार दैनिक
मंगलबार, फागुन १५ २०८०
  • ‘एकअर्काको सम्पत्तिमा दुवैको नजर छैन’ :  निशा

    अभिनेत्री निशा अधिकारीले २०७९ सालको भदौ २८ गते काठमाडौं जिल्ला अदालतमा श्रीमान् शरद भेषवाकर (पूर्वक्रिकेटर)विरुद्ध अंशबन्डाको मुद्धा हालेकी थिइन् । उक्त मुद्धामा गत मंसिर २८ गते अदालतले निशाले पतिको सम्पत्तिबाट तीन भागको एक भाग पाउने फैसला सुनाएको छ । र, अंश नदिउन्जेलसम्म शरदले मासिक ४१ हजार रुपैयाँ खर्च दिनुपर्ने समेत फैसलामा उल्लेख छ ।

    images

    निशाले श्रीमान् र आफूले एकअर्काबाट एक पैसा पनि नलिने दाबी गरेकी छन् । उनले मंगलबार आफ्नो फेसबुकमा नेपाली र अंग्रेजीसहित स्टाटस लेख्दै भनेकी छन्, ‘मेरो छोराको बुवा र मैले एकअर्काबाट एक पैसा नलिने र हाम्रो भाग सबै बाबुको नाममा राख्ने निर्णय गरेर प्रक्रिया अगाडि बढेको छ ।’ उनले एकअर्काको धन-सम्पत्तिमा दुवैजनाको नजर नरहेको पनि स्पष्ट पारेकी छन् ।

    अंशबन्डाको मुद्धा बाहिर आएपछि विभिन्न टिकाटिप्पणी र आफूले गाली खाँदै आएको बताउँदै उनले ६ बुँदामा स्पष्टीकरण दिएकी छन् । आफूले कानुनी उपचार लिनुपर्ने अवस्था व्यक्तिगत रहेको उल्लेख गर्दै निशाले सन्तानले कोबाट धेरै अंश पाउँछ भन्ने कुरा व्यक्तिगत रहेको बताएकी छन् । उनले आफू मर्नुअघि नै छोराको आर्थिक पाटोलाई सुल्झाउन पाएकोमा गर्व महसुस गरेकी छन् ।

    निशाले व्यक्तिगत रुपमा आफ्नो लागि विगत दुई वर्ष धेरै गाह्रो भएको र अब त्यो समाप्त भएकोमा खुसी व्यक्त गरेकी छन् । उनी लेख्छिन्, ‘बाबुलाई राम्ररी हेरचाह गरिएको छ । दुवैको रेखदेखमा शान्तिपूर्ण वातावरण नै राम्रो हुनेछ । एक सक्रिय र एक निष्क्रिय अभिभावकको साथ बच्चालाई विषाक्त वातावरणमा राख्न आवश्यक छैन ।’ निशा र शरदको विवाह २०७४ सालमा भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ