बिहीबार , वैशाख २७ गते २०८१

अमेरिका र क्यानडामा बिक्री भयो ‘ह्रस्व–दीर्घ’

अमेरिका र क्यानडामा बिक्री भयो ‘ह्रस्व–दीर्घ’

अखबार दैनिक
मंगलबार, फागुन १५ २०८०
  • अमेरिका र क्यानडामा बिक्री भयो ‘ह्रस्व–दीर्घ’

    काठमाडौं– अभिनेत्री नीता ढुंगानाको निर्माण रहेको फिल्म ‘ह्रस्व–दीर्घ’ को अमेरिका तथा क्यानडा प्रदर्शन अधिकार बिक्री भएको छ ।

    images

    नेपाली तथा तेलेगु भाषामा रिलिज हुने यो फिल्मको प्रदर्शन अधिकार रमेश भट्टको एभरेष्ट इन्टरटेनमेन्ट तथा अभिजित राई इ–पिक इन्टरटेन्मेन्टले संयूक्त रुपमा लिएका हुन् ।

    चन्द्र पन्तद्वारा निर्देशित फिल्म आफ्नो बलियो नेपाली तथा चर्चित भारतीय कलाकारहरुको लाइनअपका कारण चर्चामा रहेको छ । यो फिल्ममा ब्रम्हा नन्दम, अलि तथा ‘गजनी’ फिल्मका खलनायक विजय रावतको समेत अभिनय रहेको छ ।

    हरिहर अधिकारीले लेखेको फिल्ममा हरिहर तथा नीतासहित विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुईँटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रविन्द्र झालगायतका नेपाली कलाकारहरुको पनि अभिनय छ ।

    तीन सेड्यूलमा छायाँकन हुने यो फिल्मको पहिलो र दोस्रो सेड्यूलको छायांकन सकिएको छ भने तेस्रो सेड्यूलको केही दिनपछि भारतमा छायांकन हुनेछ । बिग बजेटमा तयार हुँदै गरेको फिल्मलाई लिएर नीता उत्साहित रहँदै आएकी छिन् ।

    फिल्मले सफलता पाउने अनुमान सिने नगरिमा गरिँदै आइएको छ । फिल्म आगामी वर्षको दशैंको पूर्व सन्ध्यमा असोज ११ गते रिलिज हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार