बुधबार, वैशाख १९ गते २०८१

भजन शिरोमणीलाई अन्तिम श्रद्धाञ्जली

भजन शिरोमणीलाई अन्तिम श्रद्धाञ्जली

अखबार दैनिक
मंगलबार, फागुन १५ २०८०
  • भजन शिरोमणीलाई अन्तिम श्रद्धाञ्जली

    काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति कलाकार, राजनीतिज्ञ, समाजसेवी र सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।

    images

    bhaktaraj-acharya-(6)_MmGeEYqWEU.jpg

    वरिष्ठ फिल्म निर्देशक नीर शाह, अभिनेता हरिहर शर्मा, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालासहित संगीतकर्मी र सर्वसाधारणले आचार्यको पार्थिव शरिरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे ।आचार्यको आजै दिउँसो पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित दाहसंस्कार गरिने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार