१४ फागुन, काठमाडौं । लघुवित्तबाट ऋण लिएकाहरु संसद् भवन परिसरमै प्रवेश गरेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा संसद् बैठक चलिरहेका बेला लघुवित्तका ऋणीहरु परिसरमै नाराबाजी गर्न पुगेका हुन् ।
सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । अझ संघीय संसदभित्र प्रवेश पास विना जान दिइँदैन ।
लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिंडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमबार संसद् भवनभित्रै प्रवेश गरेका हुन् ।