बिहीबार , वैशाख २७ गते २०८१

‘सिटामोल’मा द्वन्द्वका घाइतेको भूमिकामा यस्तो देखिए सौगात मल्ल

‘सिटामोल’मा द्वन्द्वका घाइतेको भूमिकामा यस्तो देखिए सौगात मल्ल

अखबार दैनिक
आइतबार, फागुन १३ २०८०
  • ‘सिटामोल’मा द्वन्द्वका घाइतेको भूमिकामा यस्तो देखिए सौगात मल्ल

    काठमाडौं । राजबहादुर साने निर्देशित फिल्म ‘सिटामोल’को छायांकन टुंगिएको छ । काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै सबै छायांकन सिन्धुलीमा गरिएको जनाइएको छ ।

    images

    आगामी तीजमा फिल्म प्रदर्शनको लक्ष्य राखिएको छ । इण्ड-कल्यापसँगै निर्माताले प्रमुख कलाकार सौगात मल्ल र बेनिशा हमालका रोमान्टिक तस्वीर सार्वजनिक गरेका छन् ।

    यी दुई कलाकार फिल्ममा दम्पतीको भूमिकामा प्रस्तुत छन् । माओवादी सशस्त्र द्वन्द्वकालको प्रेम सम्बन्धमा फिल्म आधारित हुने जनाइएको छ ।

    Citamol-Saugat-Malla1.jpg

    तुलसीदेवी फिल्म प्रालिको ब्यानरको निर्माण भएको फिल्ममा सौगातले द्वन्द्वका घाइतेको भूमिकामा अभिनय गरेका छन् । फिल्ममा लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समीप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल, बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।

    बाबुल गिरीको संगीत रहेको फिल्मको छायाकार दिव्यदेव हुन् । फिल्मको निर्मातामा भूगोलकुमार कार्की, रामचन्द्र उपाध्याय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजयकुमार विक र कुमार केसी कार्यकारी निर्माता हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ