सोमबार, मंसिर ३ गते २०८१

मुआब्जा माग गर्दै तामागढी–सिम्रौनगढ हुलाकी सडक खण्डमा जग्गाधनीहरू आन्दोलित

मुआब्जा माग गर्दै तामागढी–सिम्रौनगढ हुलाकी सडक खण्डमा जग्गाधनीहरू आन्दोलित

अखबार दैनिक
आइतबार, फागुन १३ २०८०
  • मुआब्जा माग गर्दै तामागढी–सिम्रौनगढ हुलाकी सडक खण्डमा जग्गाधनीहरू आन्दोलित

    बारा । तामागढी–सिम्रौनगढ सडक खण्ड निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि अधिग्रहण भएको जग्गाबापत सरकारबाट मुआब्जा नपाएको भन्दै स्थानीयवासीहरुले आन्दोलनमा गर्दै आएका छन् । सरकारले निर्धारण गरेको मुआब्जा रकम पटक पटक अनुरोध गर्दा समेत पाउन नसकेका उनीहरुले सो मागबारे कुनै सुनुवाइ नभएको भन्दै तामागढी–सिम्रौनगढ सहयोग तथा मुआब्जा सङ्घर्ष समिति गठन गरेर आन्दोलन गरेका हुन् । 

    images

    सो क्षेत्रका स्थानीयहरूले एक सातादेखि निरन्तर दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म सडक अवरुद्ध गर्दै आएका छन्  ।  जग्गाधनीले सरकारबाट करिब ६५ देखि ७० बिघा जग्गाको २ अर्ब ९७ करोड ७८ लाख ४० हजार ६ सय २५ रुपैयाँ बराबरको मुआब्जा रकम नपाएको सङ्घर्ष समितिका अध्यक्ष अनवर अन्सारीले बताए । 

    ‘पटक पटक विभिन्न मन्त्रालयदेखि प्रधानमन्त्रीलाई समेत जानकारी र ज्ञापनपत्र बुझाएका थियौँ तर हामी गरिबको समस्यामा सरकारले कुनै चासो नदिएका कारण हामी आन्दोलित भएका हौँ ।’ अध्यक्ष अन्सारीले भने–‘मन्त्रालय जाँदा आउँदा नै तिन लाख खर्च भइसकेको छ तर हाम्रो मागतर्फ कसैको ध्यान भएको नपाएपछि दबाबमूलक आन्दोलनसँगै रिले अनसन सुरु गरेको हौ’

    सङ्घीय सरकारअन्तर्गत हुलाकी मार्ग आयोजना वीरगन्ज कार्यालयको कार्य क्षेत्रभित्र पर्ने यो सडक बन्दा दायाँ बायाँबाट १५/१५ मिटर अधिग्रहण गरिएको थियो । ३९ दशमलव ७५ किलोमिटर लम्बाईको यो सडक दक्षिणमा भारतीय सीमाको दशगजादेखि उत्तरतर्फ महेन्द्र राजमार्गको निजगढ–काठमाडौँ ‘फास्टट्रयाक’ जोड्ने जिल्लाको महत्त्वपूर्ण सडक हो । 

    साबिकका १२ वटा गाविस र अहिले सिम्रौनगढ नगरपालिका, कोल्हवी नगरपालिका तथा बारागढी गाउँपालिका र आदर्श कोतवाल गाउँपालिका गरी चारवटा पालिका अन्तर्गत पर्ने यो सडक ७ मिटर चौडाइमा बनेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ