बिहीबार , वैशाख २७ गते २०८१

कहिले सुरु हुन्छ राजमहलको छायांकन ?

कहिले सुरु हुन्छ राजमहलको छायांकन ?

अखबार दैनिक
आइतबार, फागुन १३ २०८०
  • कहिले सुरु हुन्छ राजमहलको छायांकन ?

    काठमाडौंँ । अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहने फिल्म हो ‘राजमहल’ । गत पुसमा पाँचतारे होटल याक एण्ड यतिमा एकभब्य कार्यक्रम सहित फिल्मको शुभसाइत भएको थियो । शुभ–साइतमा फिल्म घोषणा गर्दै निर्माण युनिटले माघबाट छायांकन बताएको थियो । तर फागुनको दोस्रो साता बितिसक्दा पनि फिल्मको छायांकन सुरु हुन सकेको छैन ।

    images


    फिल्मको छायांकन अनिश्चित बनेको फिल्मका कलाकार नै बताउँछन् । किनभने फिल्मको छायांकन कहिले हुन्छ फिल्मका कलाकारलाई पनि जानकारी दिइएको छैन । फिल्मका कार्यकारी निर्माता ऋषि लामिछाने हुन् । लामिछानेले भने फिल्म फागुनको अन्यबाट छायांकनमा जाने तयारी भैरहेको जानकारी दिए ।


    सविन कुमार तोलाङ्गीको निर्देशन रहने भनिएको फिल्ममा आँचलको अलवा रमेश उप्रेती, सलोन बस्नेत, मिथिला शर्मा, सिम्रन पन्त, मिस पबी लगायतका कलाकारले अभिनय रहनेछ ।


    फिल्मले राजमहल भित्रको कथा उठान गर्न लागेको हो । छहारी मल्टीमिडियाको प्रस्तुति रहने फिल्मको निर्मातामा शोभा श्रेष्ठ र यश बहादुर गुरुङ, अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र युवराज कार्की रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ