बिहीबार , वैशाख २७ गते २०८१

नेपालको फिल्म ‘सङ्स अफ लभ एण्ड हेट’लाई बर्लिनमा स्पेसल मेन्सन अवार्ड

नेपालको फिल्म ‘सङ्स अफ लभ एण्ड हेट’लाई बर्लिनमा स्पेसल मेन्सन अवार्ड

अखबार दैनिक
आइतबार, फागुन १३ २०८०
  • नेपालको फिल्म ‘सङ्स अफ लभ एण्ड हेट’लाई बर्लिनमा स्पेसल मेन्सन अवार्ड

    काठमाडौं । नेपाली छोटो फिल्म ‘सङ्स अफ लभ एण्ड हेट’ले बर्लिन फिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड जितेको छ ।

    images

    सौरभ घिमिरे निर्देशित यो छोटो फिल्मको रनटाइम १७ मिनेट छ । मिन्सो लिम्बु र मीनबहादुर भामले निर्माण गरेको यो फिल्म जुन्को पिक्चर्स र सुनी फिल्म्सको ब्यानरमा बनेको हो ।

    यो फिल्म बर्लिनको जेनेरेसन फोर्टिन प्लस खण्डमा छनोट भएको थियो । फिल्मले रेडियो कार्यक्रम प्रस्तोताको कथा पेश गर्छ । प्रेमबारे सल्लाह दिने रेडियो कार्यक्रम होस्ट एक दिन आफैंले प्रेम वियोग भोगेपछि गायब हुँदा परिस्थिति कस्तो हुन्छ भन्नेबारेको चित्रण यसले गर्छ ।

    बर्लिनपछि यो फिल्मलाई एसिया प्रिमियरको तयारी भएको निर्माता लिम्बुले बताए । निर्मातामध्येका भामको फिचर फिल्म ‘शाम्बाला’ पनि यसपटक बर्लिनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बिधाको प्रतिस्पर्धामा छ । बर्लिनको यो संस्करण फेब्रुअरी २५ मा सकिँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ