काठमाडौं । अभिनेत्री रेखा थापा आमा बनेकी छिन् । २ वर्षअघि प्रेमी बलराम शाहीसँग वैवाहिक जीवनमा बाँधिएकी उनले अमेरिकामा सन्तान जन्माएकी हुन् ।
उनले छोरी जन्माएकी हुन् । फेसबुकमा लेखेकी छिन् । ‘‘हेर आकाशमा कालो बादल वरिपरि चाँदिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान् कारण छ । वैभबी राज्यलक्ष्मी शाही ठकुरी ।’
डाक्टरले उनलाई फागुनमा आमा बन्ने डेट दिएका थिए । रेखाको पछिल्लो समय ‘उपहार’ फिल्म आउँदैछ ।