बिहीबार , वैशाख २७ गते २०८१

फिल्म ‘गोर्खा वारिअर’को समर्थनमा ललितपुरमा लाहुरे परिवारको जुलुस

फिल्म ‘गोर्खा वारिअर’को समर्थनमा ललितपुरमा लाहुरे परिवारको जुलुस

अखबार दैनिक
शुक्रबार, फागुन ११ २०८०
  • फिल्म ‘गोर्खा वारिअर’को समर्थनमा ललितपुरमा लाहुरे परिवारको जुलुस

    काठमाडौं । राजनीति, अधिकार र विरोध प्रदर्शनका जुलुस त देखिएकै हो, तर शुक्रबार ललितपुरको सडकमा भिन्न दृश्य देखियो । यो र्‍याली अरु नभएर फिल्मका लागि थियो । बाजागाजा र नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका थिए ।

    images

    किराँत राई यायोख्याको नेतृत्वमा गोर्खा लाहुरेको परिवार, भर्ती हुन तालिम लिइरहेका युवाहरु उनीहरु आफन्त लगायत सहभागी र्‍याली कुमारीपाटीदेखि लबिम मलसम्म पुगेको थियो । ब्यानर बोकेका उनीहरुले गोर्खाली कहिल्यै झुक्दैन, आयो गोर्खाली, गोर्खाली कहिल्यै भाग्दैन लगायतका नारा लगाएका थिए ।

    Gurkha-Warior-Rally1.jpg
    उनीहरुले हलमा पुगेर ‘गोर्खा वारिअर’ फिल्म हेर्न आग्रह गरेका थिए । फिल्मको पोस्टर र ब्यानर समेत देखिन्थ्यो । उनीहरुले लबिम मलको फिल्म हलमा पुगेर शुक्रबारदेखि रिलिज भएको फिल्म ‘गोर्खा वारिअर’ हेरे ।

    मिलन चाम्स निर्देशित यो फिल्मले सन् १९४९ मा मलाया युद्धमा बेलायती सेनामा कार्यरत गोर्खाली सैनिकले लडेको लडाइँको कथा पेश गर्छ । फिल्मका प्रमुख पात्र रितेश चाम्स स्वयं समेत ब्रिटिस गोर्खा सेनामा कार्यरत छन् । रेविका गुरुङ र विजय लामाको पनि यसमा शीर्ष भूमिका छ ।

    Gurkha-Warior-in-Hall.jpg

    धरानका मेयर हर्क साम्पाङले फिल्म हेरेर स्टाटस लेखेका छन् । शुक्रबार फेसबुकमा उनले पोस्ट गरेको स्टाटसमा लाहुरेको परिवारले यो फिल्म नहेरे पाप लाग्ने उल्लेख गरेका छन् । फिल्म हेर्दा आफू रोएको समेत बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ