बिहीबार , वैशाख २७ गते २०८१

सोनु बनिन् मिस बिजनेस ग्लोबल

सोनु बनिन् मिस बिजनेस ग्लोबल

अखबार दैनिक
शुक्रबार, फागुन ११ २०८०
  • सोनु बनिन् मिस बिजनेस ग्लोबल

    काठमाडौँ । ‘मिस बिजनेस ग्लोबल’ को उपाधि सोनु बर्देवाले जितेकी छिन् । राजधानीमा एक कार्यक्रमकाबिच आयोजित ‘मिस टुरिजम नेपाल’ सौन्दर्य प्रतियोगितामा उनले ‘मिस बिजनेस ग्लोबल’ को उपाधि जितेकी हुन् ।

    images

    प्रतियोगितामा ‘मिस बिजनेस ग्लोबल’ को अलवा ‘मिस टुरिजम इन्टरनेशनल’, ‘मिस टुरिजम हेरिटेज’, ‘मिस ब्युटी अफ द वर्ल्ड’ को विजेता पनि छानिएको थियो । जसमा ‘मिस टुरिजम इन्टरनेशनल’ को ताज रविना बराइलीले जित्दा ‘मिस टुरिजम हेरिटेज’ को उपाधि नरिना थापा मगरले हात पारिन् । प्रतियोगितामा ‘मिस ब्युटी अफ द वर्ल्ड’ को उपाधि निकिता गौतमले जितिन् । 

    चार विजेता सबैले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा जाने अवसर प्राप्त गरेका छन् । ४ मध्ये महोत्वपूर्ण ‘मिस बिजनेस ग्लोबल’ मानिन्छ । ‘मिस बिजनेस ग्लोबल’ विजेता बर्देवा काठमाडौँ गोङ्गबु निवासी हुन् । मनोविज्ञान परामर्शमा स्नातकोत्तर गर्दै रहेकी बर्देवा कविता लेखन, नृत्य र अभिनयमा रुचि राख्छिन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ