बिहीबार , वैशाख २७ गते २०८१

त्रिवेणी धामबाट ‘पीताम्बर’को छायांकन सुरु

त्रिवेणी धामबाट ‘पीताम्बर’को छायांकन सुरु

अखबार दैनिक
शुक्रबार, फागुन ११ २०८०
  • त्रिवेणी धामबाट ‘पीताम्बर’को छायांकन सुरु

    काठमाडौँ । कृषा चौलागाईंको निर्देशन रहने फिल्म ‘पीताम्बर’को छायांकन सुरु भएको छ । शुक्रवार नवलपरासीको त्रिवेणी धाममा शुभ–मुहूर्त गर्दै निर्माण युनिटले फिल्मको छायांकन सुरु गरेको हो । फिल्मको पहिलो चरणको सुटिङ अहिले सुरु भएको निर्देशक चौलागाईले बताइन् ।

    images

    गत फागुन २ गते सरस्वती पूजाको दिन कान्तिपुर फिल्म एकेडेमीमा स्क्रिप्ट पूजा भएको फिल्मको पहिलो चरणको छायांकन १५ दिनेको सेडुल रहेको छ । फिल्म  नवलपरासीपछि  बुटवल र नेपालगञ्जमा छायांकन हुनेछ ।

    फिल्मको निर्माता पनि कृषा चौलागाई हुन् । फिल्मको पहिलो सेडुलमा अभिनेत्री सुरक्षा पन्त, अभिनेता अनुप विक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव बिष्टलगायत कलाकारको अभिनय रहनेछ । दोस्रो सेड्युलमा प्रदीप खड्का र सौगात मल्ल भित्रिनेछन् ।

    केही अगाडि ‘ऐँचो पैँचो’बाट निर्देशनमा डेब्यु गरेकी कृषाको या निर्देशनमा दोस्रो फिलम हो । फिल्ममा प्रदीप खड्का, सौगात मल्ल, आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव बिष्ट, बिशाल पहारी लगायतका कलाकारको अभिनय रहनेछ ।

    केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । 

    फिल्ममा अभिनेता प्रदीप खड्का एक्सन भूमिकामा देखिने बताइएको छ । प्रदीप भारद्वाजको लेखन रहेको फिल्मको बजेट ५ करोड अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ