बिहीबार , वैशाख २७ गते २०८१

रोमान्टिक-कमेडी ‘रुमानी रंग’मा धीरज र साम्राज्ञी

रोमान्टिक-कमेडी ‘रुमानी रंग’मा धीरज र साम्राज्ञी

अखबार दैनिक
शुक्रबार, फागुन ११ २०८०
  • रोमान्टिक-कमेडी ‘रुमानी रंग’मा धीरज र साम्राज्ञी

    काठमाडौं । धीरज मगर र साम्राज्ञी शाहलाई मुख्य भूमिकामा लिएर रोमान्टिक-कमेडी फिल्म ‘रुमानी रंग’ निर्माण हुने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा निर्माता कम्पनी ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रालिले यसबारे जानकारी दिएको हो ।

    images

    यी दुई कलाकारले ६ वर्षअघिको रोमान्टिक फिल्म ‘इन्टुमिन्टु लण्डनमा’मा सहकार्य गरेका थिए । यो फिल्मलाई ‘डायरी’ फेम्ड अनिल योञ्जनले निर्देशन गर्नेछन् । कथा, पटकथा र संवाद पनि उनकै हुनेछ ।

    यसअघि एक्सन फिल्म ‘लाखे’ निर्माण गरेको ग्लोबल मिडियाको यो दोस्रो फिचर प्रोजेक्ट हो । आविष्कार बहुसञ्चार प्रालिको सहकार्यमा उसले यो फिल्म बनाउन लागेको हो ।

    डीब्वाइज अष्ट्रेलियाली लाइन–प्रोड्युसर कम्पनीको रुपमा छ । यो कम्पनीले अष्ट्रेलियामा डमरुको डन्डीबियो, नेप्टे, क्याप्टेन, ए मेरो हजुरसहितका १० फिल्म वितरण गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

    फिल्मको प्रस्तुतकर्तामा यसअघि अष्ट्रेलिया वितरकको काम गरेका जीएम ठकुरी छन् । फिल्मको सहनिर्मातामा सुशील थापा, श्रीजन बस्नेत, सन्तोष सरु र विजय अधिकारी छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार