बुधबार, कात्तिक २१ गते २०८२

गाँजा र कोदोको रक्सी खुला गर्ने नीति बनाउन सांसद चन्द्र भण्डारीको माग

गाँजा र कोदोको रक्सी खुला गर्ने नीति बनाउन सांसद चन्द्र भण्डारीको माग

अखबार दैनिक
बिहीबार , फागुन १० २०८०
  • गाँजा र कोदोको रक्सी खुला गर्ने नीति बनाउन सांसद चन्द्र भण्डारीको माग

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देशको आर्थिक अवस्था उकास्नलाई स्वदेशी उत्पादनलाई स्वदेशमा खपत हुने व्यवस्था गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नेपालभित्रका सामग्री उपभोगको राष्ट्रिय नीति बनाउन माग गरे । 

    उनले ७० वर्ष पुगेका सालका रुख काट्ने व्यवस्था गर्दा देशले अरबौँ रुपैयाँ आम्दानी गर्ने उल्लेख गरे । सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई कपडा खरिद गर्न वार्षिक पौने ६ अरब खर्च हुने गरेको बताउँदै त्यसमा नेपाली अल्लोको कपडा, अल्लोको कोट लगाऊ भनेर नीति मात्रै बनाइदिने हो भने सो रकम बच्ने बताए । 

    उनले भने– ‘मदिरा पान गर्दिन भन्ने कोही छैन, हरेक टोल टोलमा विदेशी मदिरा बढेको छ । हाम्रो गाउँमा कोदो हुन्छ, फापर हुन्छ, हाम्रो स्थानीय तहलाई ट्रेडमार्क दिएर कोदाको रक्सी बनाउन दियो भने २ अरबभन्दा बढी नेपाली पैसा बच्दो रहेछ । जसले किसानले रोजगारी पाउँथे, यो कुरामा हामी किन छैनौँ ? किन यसको बारेमा छलफल हुँदैन ?’

    सांसद भण्डारीले दक्षिण कोरियाका राष्ट्रपति पार्कले आफ्नो देशका २० हजार नर्सहरूलाई जर्मन पठाएर उनीहरूको तलबलाई सरकारले ऋणको रूपमा लिएर सो देशको विकास सुरु गरेको भण्डारीले बताए । अहिले नेपालमा नर्स पढ्ने कलेजहरू बन्द गरिदिएको अवस्था रहेको बताउँदै यो देशमा डाक्टर बन्न नदिने अवस्था रहेको उल्लेख गरे । 

    उनले भने– ‘यदि हामीले डाक्टर, इन्जिनियर पढाएर विदेश पठाएर उनीहरूबाट ऋण लिएर यो मुलुक बनाउन सक्थ्यौँ । यसरी मुलुक बनाउने सोच हामीसँग छैन । आज देशमा युवाहरू छैनन् भन्छौँ, आज देशमा युवाहरू बस्न नसक्ने वातावरण कसले बनायो त ? हाम्रा नीतिहरूले बनाए । हामीले समय अनुसारका नीति बनाउन सकेनौँ ।’ 

    उनले यस्ता विषयमा सबै गम्भीर हुन आवश्यक रहेको बताउँदै आजको दिनमा गाँजा खेती रोक्न आवश्यक नभएको बताए । कानुन बनाएर गाँजाको खेती गर्न दिन आग्रह गर्दै अमेरिकाको न्यूयोर्क सिटीको मेयरले गाँजा खान दिइरहेको बताए । विदेशबाट प्लेनमा पैसा ल्याउन रोक लगाउने नीति पनि ठिक नभएको उल्लेख गरे 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार