बिहीबार , वैशाख २७ गते २०८१

मेरो जीन्दगीलाई बर्बाद बनाउन खेल भइरहेको छ : पवन खतिवडा

मेरो जीन्दगीलाई बर्बाद बनाउन खेल भइरहेको छ : पवन खतिवडा

अखबार दैनिक
बिहीबार , फागुन १० २०८०
  • मेरो जीन्दगीलाई बर्बाद बनाउन खेल भइरहेको छ : पवन खतिवडा

    काठमाडौं  । श्रीमती सुम्निमा खालिङले लगाएको घरेलु हिंसाको आरोप कलाकार पवन खतिवडा ‘म्याकुरी’ले खण्डन गरेका छन् । उनले बुधबार साँझ पत्रकार सम्मेलन गरी आफू नै उल्टै श्रीमतीबाट पीडित भएको दाबी गरे ।

    images

    अर्को युवतीलाई गर्भवती बनाएको भनेर सुम्निमाले लगाएको आरोपमा कुनै तथ्य नभएको उनको दाबी छ । शुक्रकिटमा समस्या देखिएकाले हाल आफू बाउ बन्न योग्न नरहेको उनले उल्लेख गरे ।

    पवनले भने, ‘हामी विवाह हुँदादेखि बच्चाको योजनामा थियौं । बच्चा नभएपछि बानेश्वरको एक अस्पतालमा जाँच गर्दा मेरो शुक्रकिटमा समस्या देखियो । मैले औषधि पनि सेवन गरेको थिएँ ।’

    सुम्निमासँग आफूले डिभोर्स मागेको कुरा भने पवनले स्वीकार गरेका छन् । सुम्निमाले सुन किन्न पैसा मागेर नक्किली गहना किन्ने, मदिरा खाएर झगडा गर्ने, आफूलाई आक्रमण गर्ने, मामा साइनो लगाएर अन्य पुरुषसँग निकट भएको थाहा पाएपछि आफूले डिभोर्स मागेको पवनको दाबी छ ।

    सुम्निमाले आफू कुलतमा नफसी पवनले सुधार केन्द्रमा राखेको आरोप लगाएकी थिइन् । उनले यो आरोप पनि सत्यभन्दा टाढाको रहेको दाबी गरे । मदिरा खाएर घर–टोलमा ‘बबाल’ गर्न लागेपछि सुधार केन्द्रमा लगेको उनले बताए ।

    उनले भने, ‘सुधार केन्द्रले पनि उनलाई सुम्निमा राख्न सकेनौं निकाल्नु पर्‍यो भनेर फोन गरेको थियो ।’ दुईबीच अनावश्यक कलह बढेपछि छुटिने मनस्थितिमा पुगेको र कानुनी प्रक्रियामा रहँदै उनी मिडियामा आएको पवनको दाबी छ ।

    सुम्निमा अन्य मानिसको उक्साहटमा लागेको जिकिर गर्दै पवन थप्छन्, ‘मेरो जीन्दगीलाई बर्बाद बनाउन खेल भइरहेको छ । मलाई सुम्निमालाई उकास्नेहरुले घरमै आएर आक्रमण पनि गरे ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार