आइतबार, जेठ ६ गते २०८१

अटिजम भएका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

अटिजम भएका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

अखबार दैनिक
मंगलबार, फागुन ८ २०८०
  • अटिजम भएका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

    चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अटिजम भएका विद्यार्थीलाई अभिभावकत्व प्रदान गर्न विशेष विद्यालय स्थापना गरिएको बताएकी छन् । प्रजातन्त्र दिवस २०८० को अवसरमा मंगलबार भरतपुरमा रहेको अटिजम विशेष विद्यालय भरतपुर १० मा भएको शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले अन्य सामान्य बच्चाभन्दा बढी स्याहार गर्नुपर्ने भएकाले महानगरले पनि अभिभावकत्व गर्न प्रयत्न गरेको उल्लेख गरेकी हुन् ।

    images

    नेपाल सरकारको मान्यता प्राप्त पहिलो अटिजम विशेष विद्यालय भरतपुर महानगरले स्थापना गरे पनि स्तरोन्नति भने पर्याप्त रूपमा नभएको प्रमुख दाहालले बताइन् । विगत र अहिले केही परिवर्तन भए पनि गजब्बको परिवर्तन नभएकाले आगामी दिनमा महानगरपालिकाले प्राथमिकतामा राखेर काम गर्ने उनको भनाई थियो ।

    महानगरपालिकाले महानगरका सबै बालबालिकालाई विद्यालयको पहुँचमा पुर्‍याउन बालकुमारी सुस्त मनस्थिति विद्यालय, बौद्धिक अपाङ्गता भएकालाई नारायणी मावि विशेष कक्षा, पक्षघात भएकालाई भरतपुर २६ मा स्रोत कक्षा, आमा बुवा नभएकालाई पिटुसिटु र अनाथ विद्यार्थीलाई एसओएसमा अध्ययन गराउन मिलाउने सुविधा मिलाइएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र बस्नेतले अटिजम भएकालाई राम्रो व्यवहार र विशेष स्याहार गर्नुपर्ने उल्लेख गरे ।

    अटिजम भएका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले सामाग्रीहरू हस्तान्तरण गरे । विशेष विद्यालयका ४० र बालकुमारीका १३ जना गरी ५३ जनालाई सामाग्री हस्तान्तरण गरिएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार