बुधबार, वैशाख १९ गते २०८१

गायिका सिराडीलाई देवकान्त पन्त स्मृति लोकसाहित्य सम्मान अर्पण

गायिका सिराडीलाई देवकान्त पन्त स्मृति लोकसाहित्य सम्मान अर्पण

अखबार दैनिक
मंगलबार, फागुन ८ २०८०
  • गायिका सिराडीलाई देवकान्त पन्त स्मृति लोकसाहित्य सम्मान अर्पण

    धनगढी- कैलाली जनपुस्तकालयको वार्षिक उत्सवमा डेउडा प्रतिस्ठानकी केन्द्रीय सदस्य गायिका कृष्णा सिराडी सम्मानित भएकी छन्।

    images

    कला, संस्कृति तथा लोकगायनमा विगत लामो समयदेखि पुर्‍याएको योगदानको उच्च कदर गर्दै कैलाली जनपुस्तकालय धनगढीको ६७औं वार्षिकोत्सव समारोह तथा ४७औं साधारण सभाबाट देवकान्त पन्त स्मृति लोकसाहित्य सम्मान २०८० बाट सिराडी सम्मानित भएकी हुन्।

    सुदूरपश्चिम सरकारका प्रमुख सचिव डा. हरिप्रसाद लम्साल, शिक्षाविद् डा. हेमराज पन्त र कैलाली जनपुस्तकालयका अध्यक्ष डा .टिएन जोशीबाट उनले सम्मान पत्र ग्रहण गरेकी छन्।

    डोटी बड्डिकेदार घर भई हाल धनगढी बस्दै आएकी गायिका सिराडी क्यामरा म्यान र अत्तरियामा रहेको अलिशा म्युजिक रेकर्डिङ स्टुडियोकी सहसञ्चालिका पनि हुन्। उक्त कार्यक्रममा साहित्यकार, शिक्षा सेवी तथा समाजसेवीहरूलाई पनि सम्मान गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ