बिहीबार , वैशाख २७ गते २०८१

कटप्पाको भुमिकाका लागि सञ्जय दत्तलाइ लिन चाहान्थे राजमैली

कटप्पाको भुमिकाका लागि सञ्जय दत्तलाइ लिन चाहान्थे राजमैली

अखबार दैनिक
मंगलबार, फागुन ८ २०८०
  • कटप्पाको भुमिकाका लागि सञ्जय दत्तलाइ लिन चाहान्थे राजमैली

    फागुन । पान इन्डिया फिल्मको इतिहासमा बाहुबली फिल्मको नाम कहिल्यै भुल्ने छैन। यो फिल्मसँग जोडिएका कलाकारले पनि निकै चर्चा कमाए । चाहे त्यो प्रभास होस् वा अनुष्का शेट्टी वा तमन्ना भाटिया । यो फिल्ममा आए पछि सबै स्टारहरु चर्चित भएका थिए ।

    images

    यस फिल्ममा सञ्जय दत्तले पनि भूमिका पाउने भएका थिए तर निर्माताको यो चाहना भने पूरा हुन सकेन । र सञ्जय दत्तले फिल्मको सबैभन्दा यादगार र लोकप्रिय पात्र पाउन सकेनन्। सञ्जय दत्तपछि यो भूमिका पाएका व्यक्ति पनि पान इन्डिया स्टारका रूपमा चिनिए ।

    फिल्मसँग सम्बन्धित यो जानकारी फिल्मका निर्देशक एसएस राजामौलीका बुबा वी विजयेन्द्र प्रसादले दिएका छन् । एक अन्तर्वार्तामा उनले फिल्ममा बाहुबलीको भूमिकाका लागि प्रभास पहिलो रोजाइ भएको बताए । तर कटप्पाको भूमिकाका लागि सत्यराज पहिलो रोजाइ भने अवस्य पनि थिएनन् ।

    यो भूमिका लेख्दा फिल्मका निर्माताहरुको दिमागमा संजय दत्तको अनुहार मात्रै आइरहेको थियो । तर प्रयास गर्दा पनि निर्माताले बाहुबलीको कटप्पाको भूमिका सञ्जय दत्तलाई दिन सकेनन् । कारण थियो, सञ्जय दत्त त्यतिबेला जेलमा थिए । यसै कारण निर्माताले सत्यराजलाई यो भूमिका दिएका हुन् ।

    बाहुबली पार्ट वन सन् २०१५ मा रिलिज भएको थियो भने सन् २०१६ मा सञ्जय दत्त जेलबाट छुटेका थिए । सञ्जय दत्त जेलमा हुँदा फिल्मको सुटिङ सुरु भइसकेको थियो । जेलमा रहेका कारण सञ्जय दत्तले यस्ता अविस्मरणीय भूमिका गुमाउनु पर्‍यो र सत्यराजले दक्षिण भारतीय चलचित्र देखि बलिउडसम्म विशेष पहिचान पाएका छन ।  कटप्पाले बाहुबलीलाई किन मार्यो यो प्रश्न निकै लामो समयसम्म खोजीको बिषय बन्यो, जबसम्म बाहुबली पार्ट टु आएन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ