आइतबार, जेठ ६ गते २०८१

नेपालीले अब भारतीय सीमकार्ड पनि पाउने

नेपालीले अब भारतीय सीमकार्ड पनि पाउने

अखबार दैनिक
मंगलबार, फागुन ८ २०८०
  • नेपालीले अब भारतीय सीमकार्ड पनि पाउने

    ८ फागुन, काठमाडौं । नेपालीहरुले र भारतमा पनि भारतीय सिमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सन्जाल एक्समार्फत् यो जानकारी दिएका हुन् ।

    images

    उनका अनुसार अब नेपाली नागरिकहरुले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने छन् ।

    यसअघि नेपाली नागरिकहरुले भारतीय सिमकार्ड पाउँदैनथे । भारत पुगेका नेपालीहरुले भारतीय नागरिककै सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो । भारतमा चिनजान केही नहुने भ्रमणकर्ता वा काममा जाने नेपालीहरुले त्यहाँ सिमकार्ड लिन नपाउँदा ठूलो सास्ती बेहोर्नुपरेको छ ।

    यो समस्या समाधानका लागि भारतका लागि नेपाली राजदूत डा. शर्माले पहल गरेका थिए । ‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो । हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ,’ डा. शर्माले एक्समा लेखेका छन् ।

    तर त्यो सिमकार्ड भारत बसाइको अधिकतम अवधिभन्दा बढीको हुने छैन । सो सिमकार्डको वैधता पनि एक महिनादेखि तीन महिनासम्म मात्र हुने छ । ती सिमकार्डबाट भारतभित्र मात्र फोन गर्न मिल्ने छ ।

    MOC-India-Notice-1.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार