शनिबार, जेठ ५ गते २०८१

प्रसाईंविरुद्ध बैंक तथा वित्तीय संस्थाका छाता संगठन एकजुट, कारबाही गर्न माग

प्रसाईंविरुद्ध बैंक तथा वित्तीय संस्थाका छाता संगठन एकजुट, कारबाही गर्न माग

अखबार दैनिक
सोमबार, फागुन ७ २०८०
  • प्रसाईंविरुद्ध बैंक तथा वित्तीय संस्थाका छाता संगठन एकजुट, कारबाही गर्न माग

    काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको छाता संगठनहरुले बैंक तथा वित्तीय संस्थाविरुद्ध जथाभाबी बोल्नेलाई कारबाहीको माग गरेका छन् । बैंक तथा वित्तीय संस्थाका ४ छाता संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै जथाभाबी बोल्नेलाई कारबाही गर्न माग गरेका हुन् ।

    images

    नेपाल बैंकर्स एसोसिएसन, डेभलपमेण्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । उनीहरूले देशभरका बैंक तथा वित्तीय संस्थाहरूले वार्षिकरुपमा ३१ अर्बभन्दा धेरै राजश्व बुझाउँदै आएको बताएका छन् ।

    यस्तै, ८२ हजार जनालाई रोजगारी दिएको समेत छाता संगठनहरुद्वारा जारी विज्ञप्तिमा लेखिएको छ । ‘नेपालको बैंकिङ क्षेत्रले समग्र अर्थतन्त्र तथा मुलुकको आर्थिक विकासमा खेलेको भूमिकाको बारेमा हामी सबै अवगत नै छ,’ संयुक्त विज्ञप्तिमा लेखिएको छ । हाल बैंक तथा वित्तीय संस्थाहरूमा  ५ करोड ३५ लाख भन्दा धेरै निक्षेप खाताहरू र १८ लाख भन्दा धेरै कर्जा खाताहरू सञ्चालनमा छन् ।

    देशका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूले मुलुकको कुल ग्रार्हस्थ उत्पादन भन्दा धेरै निक्षेप संकलन गरेका छन् । यस्तै, कुल ग्रार्हस्थ उत्पादन बराबरको कर्जा प्रवाह तथा अन्य बैंकिङ सेवाहरू आफ्ना ६ हजार ४४१ शाखाहरूमार्फत देशभर प्रदान गर्दै आइरहेको बताइएको छ । साथै, देशको दूर–दराजमा गई ५७ वटा लघुवित्त संस्थाहरूले २८ लाख भन्दा धेरै स–साना ऋणीहरूलाई ४ खर्ब रुपैयाँभन्दा धेरै ऋण प्रवाह गरी आर्थिक रूपान्तरणमा अहम् भूमिका खेलेका छन् ।

    बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्व बमोजिम बैंक तथा वित्तीय क्षेत्रहरूले ७७ करोड रुपैयाँभन्दा धेरै विविध सामाजिक कार्यहरूमा खर्च गरेका छन् । तर, पछिल्लो समयमा यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरू भइरहेको र सामाजिक सञ्जालहरूमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरू प्रति ध्यानाकर्षण भएको र सम्बन्धित व्यक्तिलाई कारबाही गर्न माग समेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार