बिहीबार , वैशाख २७ गते २०८१

मृत्युको मुखमा पुगेर बाँचेर आइन् रश्मिका मन्दना

मृत्युको मुखमा पुगेर बाँचेर आइन् रश्मिका मन्दना

अखबार दैनिक
आइतबार, फागुन ६ २०८०
  • मृत्युको मुखमा पुगेर बाँचेर आइन् रश्मिका मन्दना

    एजेन्सी \ नयाँ दिल्ली । नेशनल क्रस भनेर चर्चित दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना मृत्युको मुखबाट बचेर आएकी छिन् । अभिनेत्री ट्राभल गरिरहेको विमानको एमर्जेन्सी ल्यान्डिङ गराउनु परेको थियो । यो घटनापछि अभिनेत्री र विमानमा उपस्थित सबै यात्रुहरू निकै डराएका थिए । रश्मिका आफैँले सामाजिक सञ्जाल पोस्टमार्फत यस घटनाको जानकारी दिँदै मृत्युको मुखबाट बचेर आएको भनेकी छिन् ।

    images

    पोष्टमा रश्मिकाले फ्लाइटमा बसेको तस्बिर पनि शेयर गरेकी थिइन् । केही क्षणमै यो पोस्ट भाइरल बन्यो । अभिनेत्रीका फ्यानहरूले रश्मिका अन्य यात्रुहरूको लागि चिन्ता व्यक्त गरेका थिए । रश्मिका दक्षिण भारतीय अभिनेत्री श्रद्धा दाससँग ट्राभल गरिरहेकी थिइन् ।

    428146597_18417643459045304_8865647539061422433_n.jpg

    आफ्नो इन्स्टाग्राम स्टोरीमा रश्मिकाले श्रद्धासँगको सेल्फी सेयर गर्दै लेखेकी छिन्, ‘मात्र तपाईंको जानकारीको लागि, यसरी हामी मृत्युबाट बच्यौं...’ डेक्कन क्रोनिकलको रिपोर्ट अनुसार उक्त फ्लाइट मुम्बईबाट हैदरावाद जाँदै थियो । त्यसमा प्राविधिक गडबडी भयो । जसका कारण विमानमा उपस्थित सबै मानिसहरु डराए ।

    उडानमा प्राविधिक त्रुटि
    प्राविधिक त्रुटिको छानबिन गर्न सकियोस् भनेर फ्लाइट उडेको ३० मिनेटपछि नै मुम्बई फर्किएको समाचारमा अगाडि दाबी गरिएको छ । यस घटनामा कसैलाई पनि घाउचोट लागेन । रश्मिकाले शेयर गरेको तस्विरमा उनी र श्रद्धा दास हाँसिरहेको देखिन्छन् । उनले क्याप्सनमा हाँस्ने इमोजी पनि राखेकी थिइन् ।

    को हुन् श्रद्धा दास ?
    श्रद्धा दास तेलुगु, तमिल र मलयालम फिल्म उद्योगको शीर्ष अभिनेत्री हुन् । रश्मिकाले भने ‘पुष्पाः द राइज’मार्फत दक्षिण र उत्तर भारतमा लोकप्रियता कमाएकी थिइन् । यतिबेला उनी बलिउड फिल्म ‘एनिमल’को सफलताको स्वाद चाखिरहेकी छिन् । यसमा उनी रणवीर कपुरको अपोजिट देखिएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ