काठमाडौं । दार्चुलको मर्मा गाउँपालिकाको रिठाइनीको भीरबाट खसेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मर्मा गाउँपालिकाको पारखडाका ३२ वर्षीय  जगतसिंह धामी रहेका छन् । 
 
सुनचन्ना भन्ने ठाउँबाट घर फर्कंदै गर्दा भीरबाट करिब  ३०० मिटर तल खसेर उनको मृत्यु भएको हो ।  
                            
                        