शनिबार, जेठ ५ गते २०८१

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो, चाँदीको कति ?

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो, चाँदीको कति ?

अखबार दैनिक
आइतबार, फागुन ६ २०८०
  • सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो, चाँदीको कति ?

    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रवार तोलामा ६ सय रुपैयाँले बढ्दै १ लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप ५ सय रुपैयाँले बढेको हो । 

    images

    आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रवार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार