बिहीबार , वैशाख २७ गते २०८१

‘दिमाग खराब’ले शनिबार काठमाडौंको हलमा मनायो सय दिन

‘दिमाग खराब’ले शनिबार काठमाडौंको हलमा मनायो सय दिन

अखबार दैनिक
आइतबार, फागुन ६ २०८०
  • ‘दिमाग खराब’ले शनिबार काठमाडौंको हलमा मनायो सय दिन

    काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ले राजधानीको एक हलमा शनिबार प्रदर्शनको सय दिन पुरा गरेको छ ।

    images

    कात्तिक २४ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले रञ्जना सिनेप्लेक्समा उक्त उपलब्धि हासिल गरेको हो । तिहार बिदामा रिलिज भएको यो फिल्मले सलमान खान स्टारर ‘टाइगर ३’लाई समेत चुनौति दियो ।

    ‘टाइगर ३’ खासै नचल्दा ‘दिमाग खराब’ले भने बलियो वर्ड अफ माउथको मद्दतमा राम्रो कमाइ गर्न सक्यो । यो सोसल ड्रामालाई सर्वसाधारणदेखि राजनीतिज्ञसम्मले रुचाए ।

    यो फिल्म २०८० सालमा १०० दिन मनाउने दोस्रो फिल्म हो । बैशाख १ गते रिलिज भएको ‘जारी’ले पनि उक्त उपलब्धि हासिल गरेको थियो । निर्देशक बस्नेत र यसका कलाकारले सामाजिक संजालबाट फ्यानलाई १०० दिनको अवसरमा धन्यवाद दिएका छन् ।

    यो फिल्मले १० करोड हाराहारीमा कमाइ गरेको जनाइएको छ । बस्नेतले यो फिल्मको दोस्रो श्रृंखला बन्न सक्नेतर्फ संकेत गरेका छन् । यतिबेला उनी होमप्रोडक्सनको नयाँ फिल्म ‘बेहुली फ्रम मेघौली’मा ब्यस्त हुँदैछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ