बिहीबार , वैशाख २७ गते २०८१

रेखा थापा स्टारर ‘उपहार’को ट्रेलरमा फुटपाथ व्यापारीको कथा

रेखा थापा स्टारर ‘उपहार’को ट्रेलरमा फुटपाथ व्यापारीको कथा

अखबार दैनिक
शुक्रबार, फागुन ४ २०८०
  • रेखा थापा स्टारर ‘उपहार’को ट्रेलरमा फुटपाथ व्यापारीको कथा

    काठमाडौं । रेखा थापा स्टारर सोसल, रोमान्स र कमेडी ड्रामा फिल्म ‘उपहार : द जर्नी अफ लाइफ’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार युट्युबमा सार्वजनिक तीन मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ ।

    images

    डोजरले सहरको चियाघर भत्काएको दृश्यसँगै ट्रेलर सुरु हुन्छ । पसल भत्काइरहँदा रेखा थापा हतास र चिन्तित भएर उक्त दृश्य हेरिरहन्छिन् । पूजा शर्मा र बेनिशा हमाल डेरा खोज्दै आउनेको चरित्रमा छन् । शिशिर राणा ‘सुगर ड्याडी’ प्रवृत्तिको घरबेटीको पात्रमा देखिएका छन् ।

    रेखा र मुकुन भुसालबीचको प्रेम सम्बन्धलाई पनि चित्रण गरिएको छ । सुष्मा कार्की, तेज गिरी, समर्पणजंग कार्कीलाई पनि विभिन्न भूमिकामा फिचर्ड गरिएको छ । प्रत्येक पात्रको लक्ष्य र द्वन्द्व आफ्नै खाले भए पनि फिल्मले काठमाडौंमा फुटपाथमा व्यापार गर्नेहरुको बाध्यतालाई दर्शाएको छ ।

    सडकमा व्यापार गरी गुजारा गर्दै आएका व्यापारीलाई महानगरले धपाएको र संरचना भत्काएको दृश्य ट्रेलरमा समावेश छ । फिल्मको यो कथावस्तु र काठमाडौं महानगरले हालै सडक व्यवसायीलाई सडक र फुटपाथमा व्यवसाय गर्न नपाइने भनेर लगाएको व्यवस्थाबीच सादृश्यता देखिन्छ । फिल्मले सडकमा व्यवसाय गरेर जीवन गुजारा गर्ने सहरी गरिबको पक्षमा आफ्नो मत राखेको छ ।

    ज्ञानेन्द्र देउजा निर्देशित यो फिल्मलाई रेखा फिल्म्स र कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको हो । सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता हुन् भने बलराम शाही ठकुरी कार्यकारी निर्माता हुन् । यो फिल्म फागुन २५ गते रिलिज हुने तयारीमा छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार