शनिबार, जेठ ५ गते २०८१

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

अखबार दैनिक
शुक्रबार, फागुन ४ २०८०
  • सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

    काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । दिन प्रतिताला १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ६ सय रुपैयाँले बढ्दै १ लाख १७ हजार एक सय रुपैयाँ पुगेको हो । 

    images

    यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाँले नै बढ्दै प्रतितोला १ लाख १६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ४१० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार