काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नराम्रो काम गर्नेलाई कारबाही नगरिए पार्टी नबन्ने बताएका छन् ।
पार्टी विधान अधिवेशनमा छलफलबाट आएका सुझावहरुमाथि निष्कर्ष सुनाउने क्रममा प्रचण्डले यस्तो बताएका हुन् । ‘पार्टी निर्माणका लागि राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई कारबाही नगरे पार्टी बनाउन सकिँदैन’, प्रचण्डले भने ।